सुचना, समाचार र मनोरन्जन

पुराना कलाकार धमाधम पर्दामा कमब्याक,अब सुरज सिंहको पालो

काठमाडौ :

नेपाली फिल्मका पुराना अभिनेता तथा अभिनेत्रीको कमब्याक हुनेक्रम जारी छ। फिल्म ‘मोदीबेनी’बाट करिव ९ वर्षपछि रेजिना उप्रेतीको कमव्याक भयो। जुन फिल्म प्रदर्शनको तयारीमा छन। त्यसै गरि नीता ढुङ्गानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दिर्घ’बाट विपना थापा र पछिल्लो समय निर्माण भइरहेको फिल्म ‘एक्टर’मार्फत राजबल्भव कोइराला नेपाली फिल्मको पर्दामा फर्किएका छन्।

Pach Pandav

उनीहरुको आगमन भइरहेको समाचारले बजारमा सेलाउन नपाउदै अर्का अभिनेता सुरज सिंह ठकुरीले ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएकाछन्। ५ वर्षअघि फिल्म ‘सभर लभ’मा लेखकको भूमिकामा अभिनय गरेका उनी फिल्म ‘एक्लो’मा अनुबन्ध भएका छन्। प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्लो’बाट अभिनेता सिंहले कमब्याक गर्न लागेका हुन्।

ठकुरी स्वयंले फिल्ममा आफू आबद्ध भएको कुरा मंगलबार इन्स्टाग्राममार्फत जानकारी दिएका छन्। बुझिए अनुसार यसमा उनी काल पात्रको भूमिकामा देखिनेछन्। कान्तिपुर टेलिभिजनमा ‘इट्स माई शो’ चलाएका उनले ‘रोडिज’को पाँचौं सिजनलाई होस्ट समेत गरेका थिए। दश वर्ष अघि उनले फिल्म ‘कर्कस’बाट अभिनयमा डेब्यु गरेका थिए भने ‘नाइँ नभन्नू ल’को दोस्रो र तेस्रो श्रृंखला, ‘जंगे’ लगायत फिल्ममा अभिनय गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.