काठमाडौं :
आउँदो शुक्रबारबाट देशभरका हलमा फिल्म ‘पीआर’ प्रदर्शनमा आउँदैछ। त्यसैले यो फिल्म दर्शकमाझ पुर्याउन निर्माण पक्ष लागि परेका छन्। यस फिल्मका अभिनेता आर ए,सुरज पौडेल पनि अष्ट्रेलियाबाट नेपाल आइसकेका छन्। उनी यतिबेला पिआरको प्रमोसनमा जुटेका छन्।
मोडलिङ गर्दै आएका उनको यो डेब्यु फिल्म हो। उनका अनुसार यो अष्ट्रेलियामा पढ्न गएका अधिकांश विद्यार्थीको समस्यालाई यो फिल्मले उजागर गर्नेछ। उनले आफुले नै भोगेको कथामा फिल्म गर्न पाउँदा एकदमै खुशी लागेको बताए। उनीसँग नै गरिएको छोटो कुराकानी यस प्रकार छ।
यो फिल्ममा कसरी जोडिनुभयो?
अष्ट्रेलियामा यस फिल्मका लागि शोभित बस्नेत सरले अडिसन लिइराख्नुभएको थियो। उहाँको छोरी सलिना बस्नेतले मलाई बुबाले फिल्मका लागि अडिसन लिइराख्नुभएको छ। तपाईले पनि अडिसन दिनु भन्ने कुरा गर्नुभयो। अडिसन पनि दिए र पास पनि भए।

सलिनासँग तपाईको पहिलाबाट नै चिनजान थियो कि?अष्ट्रेलियामा नै भएको हो?
उहाँ र मैले सन् २०१९ मा ग्लामर नेपालको मोडलिङ शोमा मोडलिङ गर्ने बेलामा चिनजान भएको थियो। त्यहीँबाट हामी एउटा राम्रो साथी बनेका हौँ। उहाँले ले नै मलाई अडिसनमा सहभागी हुनु भन्ने खाल्को कुरा म्यासेज गर्नुभयो। मेरो इच्छा चाहाना पनि कलाकार बनौँ भन्ने नै थियो। सोही अनुसार म अडिसनमा सहभागी भएको थिए।
सलिनाले नै भनेको भरमा अडिसन दिनुभयो कि शोभित बस्नेतसँग पनि कुराकानी भयो?त्यसै त अडिसनमा जानुभएन होला?
मैले शोभित सरलाई म्यासेज गरे। अडिसन कहाँ हुँदैछ,अडिसनका लागि म कहाँ आउनुपर्ने हो भनेर। उहाँले बोलाउनुभयो। वान लाइन अडिसन भएपछि के छ त बिचार भनेर सोध्नुभयो। अष्ट्रेलिया जस्तो ठाउँमा काम हुन्छ। एउटा सेड्युलमा काम गर्नुपर्ने हुन्छ। खोई,कसरी गर्ने हो,समय कसरी म्यानेज गर्ने हो भन्ने कुरामा म अलिक अकमकलिए। तर उहाँले मलाई यति राम्रो सुझाव दिनुभयो भयो कि,तिमी अतालिनु पर्दैन। स्क्रिप्ट पढ,अनि बिचार गर भन्नुभयो। त्यसले पनि मलाई काम गर्न उत्पेरित गर्यो।
उहाँले के भन्नु भएको थियो? भन्न मिल्छ?
मिल्छ नि,तिमीलाई यति ग्यारेन्टी दिन्छु कि,तिमीले यो स्क्रिप्ट पढिसकेपछि फिल्ममा काम गर्न सक्छाँै। अनि सोही राती उहाँले मलाई स्क्रिप्ट पठाईदिनुभयो। अनि मैले स्क्रिप्ट पढे। पढिसकेपछि चाहीँ मलाई अति नै मन पर्यो। म आफुले आफैलाई भेटे। अझ भनौ न, मैले पुरा स्क्रिप्ट पढिसकेपछि मेरै ९९ प्रतिशत कथा जस्तो लाग्यो। मैले भोगेका कुराहरु र मैले मात्रै नभएर युथले भोग्ने कुराहरु त्यहाँ पढ्न जाँदाखेरि सुरुवातीको समयमा।
स्क्रिप्ट मन पर्नुको अरु कुनै कारण थियो की?
यो स्क्रिष्ट एउटा सोसाइटीमा म्यासेज जाने, कन्टेन छ। त्यो कन्टेन आफुतर्फ आइराख्दाखेरि यो त गर्नेपर्छ भनेर यो फिल्ममा जोडिन पुगेको हो।
तपाईको डेब्यु फिल्म हो,कतिको सहज भयो काम गर्न?
सहज त कुनै पनि हुँदैन लाइफमा। हरेक समय म्यानेज नै गर्नुपर्ने हुन्छ। एउटा राम्रो टिम,शोभित बस्नेत जस्तो एउटा लिजेन्ट डिरेक्टर भएपछि सहज नै भयो। उहाँले नेपाली फिल्म क्षेत्रमा गरेको कामको अनुभवको आधारमा नै सहजरुवमा काम गराउनुभयो। अरुसँग भएको भए यतिको सहज रुपमा काम गर्न सकिन्छ जस्तो लाग्दैन। त्यति इजिली काम गराउनुभयो।

अघि तपाईले अडिसनको कुरा गर्नुभएको थियो?फिल्मका लागि कलाकार छान्दा त अडिसन गरियो भने वर्कसप पनि त भयो होला नि?
गरियो नि,एक डेढ महिनाको वर्कसप गरेर नै हामी फ्लोरमा गएको हो। त्यसले पनि मलाई काम गर्न सहज बनाएको थियो।
कामको व्यस्तताकाबीच कसरी सुटिङका लागि समय निकाल्नुभयो?त्यो पनि अनुभव सुनौँन?
भनिन्छ नि,हजुरले चाहानुभयो भने सबै कुरा सम्भव छ। त्यहीँ नै भयो मेरो पनि। त्यो बेला सबै कुरा गर्न भ्याएको थिए। काम गर्नदेखि,मेरो मोडलिङ (फेशन शो),क्रिकेट पनि खेलिरहेको थिए। यता पीआरको सुटिङ चलिरहेको थियो यता पनि भ्याइरहेको थिए। यो फिल्मको सुटिङका लागि शोभित सरले के वातावरण मिलाई दिनुभएको थियो भने जुन दिन हामी सबैको समय मिल्छ। त्यो दिन चाहीँ हाम्रो सुट राखिदिनुभएको थियो। त्यसले गर्दा पनि मलाई सहज भएको थियो।मैले तपाईलाई यहि जोड्न चाहे,तपाईले कहिल्यै अभिनयको क्लास लिनुभएको थियो कि थिएन। थियो,यसअघि मैले दुई तीन वटा वर्कसप गरेको थिए। अभिनय क्लास पनि लिइर राखेको हुन्थेँ। त्यसले पनि यो फिल्ममा आउन मलाई सहज बनायो। मैले वेशिक रुपमा सिकेको हो।
अन्तमा, तपाई यहि फिल्म लाइनमा नै काम गरिरहने सोच छ कि?अष्ट्रेलिया नै फर्कने?
म अष्ट्रेलियामा भएता पनि कामहरु आउँदा नेपाल आएर गरिरहेकै हुन्छु। यही फिल्म पनि ६० प्रतिशत अमेरिका र बाँकी नेपालमा हुँदा म आएर काम गरेर फर्किएको हो। काम आयो भने म नेपाल आउजाउ गर्न समस्या छैन। यो फिल्मपछि पनि दर्शकले मलाई अन्य फिल्ममा पनि देख्न पाउनुहुने छ।
