सुचना, समाचार र मनोरन्जन
IVF New Banner

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपीहरूको तर्फबाट बहस सकियाे

काठमाडौं/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत आरोपी रहेको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपीहरूको तर्फबाट बहस सकिएको छ ।

Exchange and test

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस १६ गते शुरू भएको थुनछेक बसहको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको हो ।

आजै जाहेरवालाका तर्फबाट जवाफी बहस शुरू भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि हुने जिल्ला अदालतले जनाएको छ । बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ ।

रवि लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई प्रहरीले अभियोगपत्रसाथ अदालतमा उपस्थित गराएको छ । विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ ।

Leave A Reply

Your email address will not be published.