काठमाडौं :
असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति रोकिएको छ। यसको निर्माणपक्षले आज एक विज्ञप्ति जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले तोमिएको मितिमा प्रदर्शनमा नआउने निर्माण पक्षले जनाएको छ।
निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतीक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ। विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ,सोनी लागुन,विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ।
फिल्ममा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्।