सुचना, समाचार र मनोरन्जन

फिल्म निर्माण गर्न नसकेपछि सिरिजतर्फ लागे विमलेश

काठमाडौं :

फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण गरेको एक वर्ष हुँदा पनि निर्माण गर्न नसकेका अभिनेता विमलेश अधिकारीले वेव सिरिजको घोषणा गरेका छन्। उनले अमेरिकामा रहेका नेपाली कलाकारहरूलाई भेला पारेर वेव सिरिजको घोषणा गरेका हुन्।

उनले वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर समेत सार्वजनिक गरेका छन्। यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्,जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन्।

पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्,‘हाम्रो वेब सिरिज ुघर बट इन अमेरिकाुको फस्ट लुक प्रस्तुत गर्दैछु। यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ। यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा, हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ। यो सपना साकार गर्न सहयोग पुर्‍याउने सबैलाई हार्दिक धन्यवाद। आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ। जय श्रीकृष्ण।’

यस सिरिजबाट नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किने भएकी छन्। यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहनेछ।
घर बट इन अमेरिकाु सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै भइरहेको छ। सिचुएशनल कमेडी(ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन्। सिरिजमा गोप्य रूपमा लिभ(इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ।

सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो। निर्देशक तथा कलाकार बिमलेश अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका छन्। सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइली सहायक निर्देशक, पशुपति बस्याल छायाङ्कनकर्ता, र अप्सरा कटुवाल मेकअप आर्टिस्टको रूपमा छन्।

सिरिजको पहिलो सिजनको छायाङ्कन सकिएको छ, जसको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी छ। यो सिरिज कुन प्लेटफर्ममा स्ट्रिमिङ हुनेछ भन्ने जानकारी भने दिइएको छैन।

Leave A Reply

Your email address will not be published.