सुचना, समाचार र मनोरन्जन

फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं :

सोमबारबाट फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ। निर्माण टिमले बालाजुस्थित एनएफडीसी ल्याबबाट फिल्मको छायांकन सुरु गरेको हो।

Pach Pandav

निर्माणपक्षका अनुसार छायांकनको पहिलो दिन अभिनेताद्धय सौगात मल्ल र प्रदीप खड्काको मुहूर्त गरेका थिए। फिल्मका अभिनेता अनुप विक्रम शाही र अभिनेता आँचल शर्माको बाहेक अन्य सबै कलाकारहरुको छायांकन थालिएको
फिल्मकी निर्देशक कृषा चौलागाईंलेले जानकारी दिएकी छन्।

काठमाडौंका अलवा यो टिम नवलपरासी पुग्नेछन्। फिल्ममा दयाहाङ राई, प्रमोद अग्रहरी, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारीको पनि मुख्य भूमिका छ।

फिल्ममा नायक आर्यन सिग्देलको विशेष भूमिका रहनेछ। केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरिरहेको छ। पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा प्रदीप भारद्वाजको लेखन, विशाल चौलागाईंको लगानी छ।

Leave A Reply

Your email address will not be published.