काठमाडौं :
नेपाली महिलाहरूको महान् पर्व तीजलाई लक्षितगरी गीत सार्वजनिक भइरहेका छन्। यही मेसोमा सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ। यस गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
उनी अमेरिकाको बोस्टन निवासी हुन्। नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी सुशिलाले यस वर्ष तीजको गीत स्रोता तथा दर्शकमा ल्याएका हुन्। नेपाली मौलिक शैलीमा तयार गरिएको यस गीतमा रावल जनकको शब्द र संगीत, सन्दीप कार्कीको एरेञ्ज र अडियो मिक्सिङमा विष्णु मानन्धर तथा मनोज परियारको छ। रेकर्डिङ नेपालका विक्रम थापा र अमेरिकाका ॐ कर्माचार्यले गरेका हुन्। भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन् भने जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य रहेको छ।
नेपाल र अमेरिका दुवै देशमा छायांकन गरिएको गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ। सुशीला बस्नेतले यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’ जस्ता गीतहरू सार्वजनिक गरेकी छन्।