काठमाडौं :
भुवन केसीसँग डिभोर्स भएपछि भारतको सिलगुडीमा बस्दै आएकी सुस्मिताले छोरा अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’हेरेकी छन्। अनमोल अभिनित फिल्म ‘फर्की फर्की’ हेर्नकै लागि सुस्मिता आफ्नी बूढी आमालाई सिलिगुडीदेखि नवलपरासीको कावासोती आएकी थिइन्। उनी सुटुक्क नेपाल आएर मंगलबार उनले कावासोतीको हलमा फिल्म हेरेकी हुन्। उनी नेपाल आएको अहिलेसम्म अनमोललाई समेत थाहा छैन।
उनले अनमोलको फिल्मलाई तारिफ गरेपछि हतार हतारमा नेपाल आएर फिल्म हेरको प्रतिक्रिया दिएकी छन्। उनका अनुसार फिल्म हेर्नका लागि युटुबमा समेत कुर्न सकिनन्। उनले छोरोको अभिनयमा सुधार आएको दाबी गरेकी छन्। आफु निकट पत्रकारसँगको कुराकानीमा उनले अनमोलबाट अरु कुरा आशा नभएको तर उसको फलतामा रमाउनु नै आफ्नो लागि ठूलो कुरा बताएकी छन्।
उनलाई फिल्मको प्रिमियरमा फिल्मका निर्माता रोहित अधिकारीले निम्तो गरेका थिए। तर उनी आएकी थिइनन्। सुस्मिता बुधबार (आज) चितवनको सौराहामा बस्ने छिन् भने सौराहामा बेलुका अनमोलको सफलताको खुसीमा सुस्मिताले कल्चरल डान्सको आयोजना गर्दैछिन्। अनमोल अभिनित फिल्म ‘फर्की फर्की’भोली बाट दोस्रो हप्तामा प्रदर्शन हुनेछ।
नयाँ फिल्म नथपिएको हुनाले यो फिल्मलाई राहत हुने अनुमान गरिएको छ। यो फिल्मसँगै प्रदीप खड्का अभिनित फिल्म पुजार सार्की’प्रदर्शन भइरहेको छ। दुवै फिल्मको व्यापारको कुरा गर्ने हो भने केहि रकम तलमाथी भएको अनुमान गर्न सकिन्छ। किनभने उनीहरुले फिल्मको कलेक्सनबारे जानकारी गराएका छैनन्।