सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

‘झ्यानाकुटी’प्रदर्शनको ६ वर्षपछि दोस्रो फिल्म बनाउदै निशा अधिकारी

काठमाडौं :

दर्जनौँ फिल्ममा अभिनय गरेकी निशा अधिकारी दोस्रो फिल्मको निर्माणमा आफै जुटेकी छन् । ६ वर्ष अघि फिल्म ‘झ्यानाकुटी’ निर्माण गरेकी उनले अनटाइटल फिल्ममा लगानी गर्दैछिन्। फिल्मका लेखक प्रदीप भारद्धाजले निशाले दोस्रो फिल्म निर्माण गर्न लागेको जानकारी दिएका छन्। उनका अनुसार छिट्टै फिल्म फ्लोरमा जानेछ। तर फिल्मको नाम भने तत्काल सार्वजनिक गरिने छैन्।

sfal

पहिलो फिल्म निर्माणबाट निशालाई नाफा भने भएन। लगानी चाही उठेको उनी निकटतमको भनाई छ। गाउँले परिवेशमा निर्माण भएको यो फिल्मको सबै भन्दा बलियो पक्ष दृश्यभाषालाई मानिएको थियो,त्यतबेला। उनी पहिलो फिल्ममा निर्माता र दोस्रो फिल्मबाट निर्देशन गर्न लागेको हल्ला छ। तर हो होइन यकिन भएको भने छैन। निशाले एक अन्तरवार्तामा राम्रो स्क्रिप्ट पाएको खण्डमा आफै निर्देशन गर्ने सोच बनाएको सुनाएकी छन्। कलाकार छनोट बारे भने केहि जानकारी दिएका छैनन्।

उनी विवाह र सन्तान भएपछि केहि फिल्ममा अभिनय गरेकी छन्। गत वर्ष उनले अभिनय गरेको फिल्म ‘गुलावी’ हलमा लागेको केहि दिनमा नै उत्रिएको थियो। सोही वर्ष उनी अभिनित फिल्म ‘जय हो’पनि प्रदर्शनमा आएको थियो। अब भने उनले अभिनय गरेको फिल्म ‘आँखा’प्रदर्शनको तयारीमा रहेको छ। उक्त फिल्म आगामी असार १४ गते प्रदर्शन हुँदैछ।

Leave A Reply

Your email address will not be published.