सुचना, समाचार र मनोरन्जन

दश वर्षअघि भद्रगोलमा अभिनय गरेको विषयमा अभिनेत्री स्वस्तिमाको चर्चा

काठमाडौं :

अभिनेत्री स्वस्तिमा खड्काको प्रारम्भिक अभिनयबारे चल्दै आएको भ्रम चिर्दै स्पष्ट भएको छ कि उनले आफ्नो पहिलो फिल्म ‘होस्टेल रिटर्न्स’ रिलिज हुनु अघि नै टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरिसकेकी थिइन्।

नेपाली दर्शकले स्वस्तिमालाई व्यापक रूपमा ‘होस्टेल रिटर्न्स’ (२०१५ अगस्ट २१) बाट पहिचान गरे पनि उनी फिचर्ड ‘भद्रगोल’को ६६औँ भाग सोही वर्षको फेब्रुअरी १४ मा नेपाल टेलिभिजनमार्फत प्रसारण भइसकेको थियो।

भ्यालेन्टाइन–थिममा आधारित उक्त एपिसोडको छायांकन काठमाडौंको मुड्खु भञ्ज्याङ क्षेत्रमा गरिएको थियो, जहाँ स्वस्तिमा अभिनेता सागर लम्साल ‘बले’सँग देखिएकी थिइन्।

एपिसोडमा उनको नाम क्रेडिटमा उल्लेख नगरिए पनि प्रसारण मिति अनुसार स्वस्तिमाको टेलिभिजन अभिनय ‘होस्टेल रिटर्न्स’ भन्दा अगाडि नै पुगेको स्पष्ट हुन्छ। दशक लामो करिअरमा स्वस्तिमाले २० भन्दा बढी फिल्ममा अभिनय गर्दै आफूलाई नेपाली चलचित्रको अग्रपंक्तिमा स्थापित गरिसकेकी छन्।

Leave A Reply

Your email address will not be published.