सुचना, समाचार र मनोरन्जन

‘लालीबजार’मा अभिनय गरेकी स्वस्तिमा खड्का भन्छिन्,‘ यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु’

काठमाडौं :

‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आटर््सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ।

अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार ब्याख्या गरेको थियो । सार्वजनिक ट्रेलर र गीतसङ्गीतका कारण प्रतिक्षित बनेको फिल्ममा स्वस्तिमाले बादी महिलाको भूमिका निर्वाह गरेकी छिन् ।

‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि स्वस्तिमालाई पात्रले चर्चामा ल्याएको फिल्म ‘लालीबजार’ लाई उनले आफ्नो अभिनय यात्राको ‘टर्नीङ प्वाइन्ट’ मानेकी छिन् । अभिनय यात्रा प्रारम्भ गरेको दशकपछि पहिलोपटक अडिसन दिएर स्वस्तिमाले आफूलाई ‘लालीबजार’ को मधुवाला नामक पात्रको लागि तयार गरेकी थिइन् । फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ पछिल्लो समय युट्युब, टिकटक, रील्स र शट्समा लोकप्रिय छ ।

यस्तै, ‘मिठो संसार’ र ‘मै राम्री छु त नी’ पनि दर्शकले रुचाएका छन् । ‘जात्रा’ देखि षट्कोण आट्र्सले निर्माण गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका थिएँ । तर, यसपटक ’लालीबजार’ मा निर्देशनको जिम्मा यम थापालाई दिईएको छ । फिल्मको कथा पनि उनकै हो भने पटकथा निर्देशकद्वय भट्टराई र थापाले तयार गरेका छन् ।

षट्कोण आटर््सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरिरहदा पटकथामा सुझाव दिन निर्देशक यम थापासँग निर्देशक भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीको भेट भएको थियो । सोही भेटले ’लालीबजार’ को सहकार्य जुराएको थियो । सुझाव दिन भेटघाट भएको पटकथामा छलफल भएपछि निर्देशक यम थापाले आफूसँग भएको बादी समुदायको पृष्ठभूमिमा तयार गरिएको आमा र छोरीको कथा सुनाएका थिए ।

सो कथा मन परेपछि षट्कोण आटर््सले फिल्म बनाउने तयारी सुरू गरेको थियो । डिजिटल माध्यममा पर्याप्त जानकारी उपलब्ध नभएपछि बर्दिया नै पुगेर अनुसन्धान गरेर फिल्मको कथालाई पूर्णता दिईएको निर्माण कम्पनिले बताएको छ । विशेषत बादी समुदायसँग जोडिएको विषय भएकाले पनि निर्माण कम्पनि षट्कोण आटर््सले निकै गम्भीरताका साथ पटकथा तयार गरेको थियो ।

Chaka Panja

बादी समुदायले गर्व गर्न सक्ने गरी फिल्म तयार गरिएको षट्कोण आटर््सको भनाइ छ । शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको विषयमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, अभिनेत्री स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले छलफल गरे । विशाल थियटरमा अभिनेतासँगै निर्देशकका रुपमा काम गरिरहेका कलाकर्मी हुन् भने प्रशंसा जेनजी अभियन्तासँगै कन्टेन्ट क्रिएटरका रुपमा परिचित छिन् । यी दुवै आफ्नो डेब्यु फिल्मलाई लिएर निकै उत्साहित छन् ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले भने,‘‘‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ फिल्म निर्माण गरिसकेको षट्कोण आटर््सले फिल्म ‘लालीबजार’ सम्म आइपुग्दा विषयवस्तु उठानमा झनै गम्भीर भएको छ। हामीले आफ्ना कामहरूमार्फत आफूलाई झनै परिपक्क बनेको महसुस ‘लालीबजार’ मा आइपुग्दा भएको छ।’
उनले यस फिल्ममा आमा छोरीको कथा रहेको सुनाए।

उनले थपे,‘यसपटक हामीले एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामू ल्याएका छौँ । यसअघि ‘महापुरूष’ मा हामीले बुवा र छोराको कथालाई देखाएका थियौँ । विषयवस्तुका हिसाबले हामीले निर्माण गरेका फिल्म मध्ये ‘लालीबजार’ उत्कृष्ट हो।’
नेपाली फिल्मका सफल फिल्म निर्देशक समेत रहेका प्रदीप भट्टराई यस पटक निर्मातामा रुपमा डेव्यु गरेका छन्। उनी यस फिल्मको कार्यकारी निर्माता/पटकथाकार हुन्। उनले यस फिल्मको बारेमा प्रष्टाउने भने,‘ षट्कोण आटर््सबाट हामीले फरक कथा ल्याउने तयारी गर्दै गर्दा तराईको एउटा आइडियामा काम गरिरहेका थियौँ । त्यसमा नै सल्लाह लिन हामीले निर्देशक यम थापालाई भेटेका थियौँ । सोही छलफलमा हामीले कथा खोजिरहेको र राम्रो कथा भेटमा निर्माण गर्ने बतायौं ।’

निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले षट्कोण आटर््सबाट हामीले सामाजिक विषयमा फिल्म बनाउने तयारी गरिरहेकै समयमा ‘लालीबजार’ हामी कहाँ आइपुगेको बताए। उनले भने,‘ यो फिल्मले एउटी आमाको सङ्घर्षसँगै उसको ममतालाई देखाएको छ । यसमा मैले ‘टल्क जंग भर्सेस टुल्के’ पश्चात नकारात्मक भूमिका निर्वाह गरेको छु । एउटा शोसक र सामन्तको भूमिका छ ।’

उनले आफ्नो भुमिकाको बारेमा पनि केहि कुरा सुनाए। उनले थपे,‘मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदीबहिनीहरूले कसरी सहेर बस्नु भएको होला ? विषयको गम्भीरतालाई ध्यानमा राखेर हामीले फिल्म तयार गरेका छौँ ।’

उनका अनुसार यो फिल्म कमर्सियल रहेको र यसलाई तयार गर्दा हामी बादी समुदायमै पुगेर अनुसन्धान गरेर फिल्मको पटकथा तयार गरेको बताए। यस फिल्मकर्मी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले यो फिल्मबाट आफुलाई दर्शकले धेरै समयसम्म चिन्ने बताईन्।
उनले मिडियासँगको कुराकानीमा भनिन्,‘मलाई आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु । षट्कोण आटर््सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’ का लागि अडिसन दिएर फिल्ममा छनोट भएकी हुँ।’

उनले थपिन्,‘यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ । निकै उमेर हुनुभएका आमाहरुलाई भेटेर कुराकानी गरेकी थिएँ । मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ । मेरा लागि आगामी धेरै समयसम्म सम्झिने फिल्म बनेको , ‘लालीबजार’।’

Leave A Reply

Your email address will not be published.