सुचना, समाचार र मनोरन्जन

प्रकाश सपुतले निर्माण तथा निर्देशन गर्ने फिल्ममा हिरोइन स्वस्तिमा

काठमाडौं :

गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म निर्माण गर्ने भएका छन्। फिल्म ‘परदेशी २’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका गायक सपुतले आफ्नै लेखन,निर्देशन तथा लगानीमा फिल्म बनाउन लागेका हुन्।

कुन फिल्म निर्माण गर्दैछन् भन्ने बारे भने जानकारी दिएका छैनन्। उनी आफै अभिनय गर्ने भनिएको फिल्मको केहि दिनमा नै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने तयारी हुँदैछ। सपुतले निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का फाइनल भइसकेकी छन्।

फिल्ममा स्वस्तिमा प्रकाशको जोडी भएर खेल्न लागेको हो की भन्ने चर्चा छ। तर यकिन भएको भने छैन। यस अघि स्वस्तिमा र प्रकाशले एउटा गीतको भिडियोमा सहकार्य गरेका थिए।

Leave A Reply

Your email address will not be published.