काठमाडौं :
अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘दिमाग खराब’ यही शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ। फिल्मका निर्देशक निश्चल बस्नेतले फेसबुक पोस्टमार्फत फिल्म युट्युबमा हेर्न सकिने जानकारी दिएका हुन्। अभिनेत्री स्वस्तिमा खड्काले पनि फिल्म युटुबमा आउन लागेको हो। अभिनेत्री खड्काले पनि ओएसआर डिजिटल युट्युबमा फिल्म रिलिज हुने बताईन्।
उनले फेसबुकमार्फत लेखेकी छन्,‘जनताको दिमाग खराब गर्ने मान्छेहरूको दिमाग खराब गराउन जनताले के गर्छन् भन्ने कुरा हेर्न हाम्रो फिल्म ‘दिमाग खराब’ यही शुक्रबारदेखि हेर्नुहोला।’
सोसल–ड्रामा जनरामा बनेको यो फिल्म हलमा दुई वर्षअघि रिलिज भएको थियो। फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मले व्यवस्थागत विकृति र भ्रष्टाचारका कारण मानसिक दबाबमा परेका एक आम नागरिकको कथा प्रस्तुत गर्छ। समाज र राजनीतिबाट पीडित पात्रले आफ्ना अधिकारका लागि उठाउने आवाज र त्यसबाट उत्पन्न परिस्थितिलाई फिल्मले केन्द्रमा राखेको छ।
रौनक विक्रम कंडेल निर्माता रहेको यस फिल्मको बक्स अफिसमा १० करोडभन्दा बढीको व्यापार गरिसकेको छ र समीक्षात्मक रूपमा पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।