सुचना, समाचार र मनोरन्जन

रुपन्देहीमा महिलाहरूका लागि सीपमूलक ब्यूटीसियन तालिम सम्पन्न

रुपन्देही:

महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले रुपन्देहीस्थित वेलटेन कस्मेटिक इन्डस्ट्रिज प्रालिले सौन्दर्यकला तालिम सञ्चालन गरेको छ। जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकासँगको समन्वयमा उक्त तालिम आयोजना गरिएको हो।

तालिममा स्थानीय युवती तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूलाई आधुनिक ब्यूटी केयर, हेयर स्टाइलिङ, मेकअप र स्किन केयरलगायत सौन्दर्य कलासम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो। कार्यक्रममा मुख्य प्रशिक्षक राजीव यादवले रुपन्देही र कपिलवस्तुका ठूलो सङ्ख्यामा उपस्थित ब्यूटीसियनहरूलाई व्यवसाय व्यवस्थापन तथा सञ्चालनसम्बन्धी व्यावहारिक तालिम प्रदान गरेका थिए।

ब्यूटीसियनहरूको व्यावसायिक सीप अभिवृद्धि गर्न दुई दिने तालिम आयोजना गरिएको वेलटेन प्रोफेसनलका प्रबन्ध निर्देशक कृष्ण प्रसाईँले जानकारी दिए। यस तालिमबाट सहभागीहरूले आफ्नो सीपलाई परिष्कृत गर्दै स्वरोजगार र उद्यमशीलताको बाटोमा अघि बढ्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

यस्ता सीपमूलक कार्यक्रमले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै महिला आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.