Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सच्चाई केन्द्रको ५१ लाखभन्दा बढी सहयोग
- रेवान पोखराको अध्यक्षमा वसन्त गौतम, नयाँ कार्यसमिति निर्वाचित
- अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा
- डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने
- ‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो
- पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन
- बाढीले होइन, हाम्रो विकासले डुबाएको बस्ती
- गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श
- एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम
- बुबाको स्मृतिमा मिना थापा भण्डारीद्वारा दुर्घटना पीडित सन्दिपलाई ८१ हजार बढी सहयोग
तनहुँ ‘बर्डफ्लु’ को जोखिममाः सतर्कता अपनाउन आग्रह
तनहुँ,
जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक, पन्छी व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविनसन अधिकारीले अनुरोध गर्नुभएको हो ।
अण्डा राख्ने पुराना क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका सवारीसाधनलाई निसङ्क्रमण गर्न, कागलगायत जङ्गली पन्छीसँग घरपालुवा पन्छी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ढुवानी गर्न, अन्य सङ्क्रामक रोगविरुद्ध नियमित खोप लगाउन तथा सङ्क्रमण पुष्टि भएमा मरेका पन्छीलाई तत्काल गहिरो खाडलमा पुरेर फार्मलाई निसङ्क्रमण गर्न र प्राविधिकको सल्लाहअनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ ।
Prev Post