सुचना, समाचार र मनोरन्जन

प्रदर्शनरत फिल्म ‘ताण्डवम्’ को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक

काठमाडौं :

गत शुक्रबार फागुन ९ गतेबाटप्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार युटुबमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्।

सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ। सेन्सर झमेलाका कारण फिल्मको कन्टेन्ट सवै हलमा शो निकाल्न समस्या भएकाले पहिलो दिन न्युन शोमा रिलिज भएको थियो। दोस्रो दिन शनिबार धेरै हलले सन्तोषजनक शो दिएका थिए। उक्त शोजहरुमा दर्शकको उपस्थिति राम्रै देखिएको थियो। निर्देशक जुनिम गहतराजले शो समयमा निकाल्न सकिएन हामीले जति शो पाएका थियौं, त्यसमा दर्शकको उपस्थिति राम्रो हुने अपेक्षा थियो।

‘हामीले पाएको शोमा जति दर्शक आउनु भयो, सवैले सिनेमाको सस्पेन्स थ्रिलर पार्टलाई रुचाउनु भएको छ। दर्शकबाट राम्रो प्रतिक्रिया पाएकाले दर्शकको अकुपेन्सी बढ्ने अपेक्षा निर्देशक गहतराजको छ । दर्शकको राम्रो प्रतिक्रियाले आगामी दिनमा राम्रो सिनेमा निर्माण गर्ने हौसाला मिलेको छ,’ निर्देशक गहतराजले सुनाए।

फिल्ममा पुष्कर गुरुङ,प्रेम सुब्बा,जुनिम गहतराज,अंकित खड्का,सरिना मगर,अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ। फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको फिल्म सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ। सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

Leave A Reply

Your email address will not be published.