सुचना, समाचार र मनोरन्जन

तीज विशेष नारी सम्मान–२०८२: विभिन्न क्षेत्रकी ३० भन्दा बढी महिलालाई सम्मान

काठमाडौँ :

तीज पर्वको अवसरमा उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” सम्पन्न भएको छ। राजधानीको चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा चलचित्र, संगीत, साहित्य, शिक्षा, खेल, राजनीति, व्यवसाय, र सामाजिक सेवाजस्ता विविध क्षेत्रकी महिलाहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, प्रतिनिधिसभा सदस्य मनरुपा शर्मा ‘बिमला’ तथा आयोजक उपमा सञ्चारकी सभाध्यक्ष आशा गौतमले सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, विशिष्ट अभिनेत्री मिथिला शर्मा, लक्ष्मी गिरि, र रमा थपलियालाई ‘तीज विशेष नारी दीर्घ सम्मान’ प्रदान गरिएको थियो। त्यस्तै, ‘तीज विशेष नारी सम्मान’ बाट गायिका सरिता भारती, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, तथा अभिनेत्री हिउँवाला गौतम, सुनिता गुरुङ र पल्पसा डंगोललाई सम्मानित गरिएको छ।

त्यसैगरी, गायिका पबित्रा रसाइली, माया निरासी, पुष्पा पौडेल, पत्रकार मिना बज्राचार्य, भाषा शर्मा, पुनम पौडेल, प्रतिमा सैजु, गिता अधिकारी, सिर्जना खतिवडा, अभियन्ता तथा पूर्व प्रहरी निरीक्षक जलु गुरुङ, कलाकार भुमिका सुब्बा, नृत्याङ्गना कल्पना गुरुङ, रेसलर भगवती खडका र मुना श्रेष्ठ, तथा व्यवसायी मञ्जु तिमिल्सिनालाई पनि सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा हालै चलचित्र सेन्सर बोर्डमा नियुक्त सदस्यहरू सम्पन्न श्रेष्ठ, भिमा मैनाली, कुबेर गिरी, तथा चलचित्र विकास बोर्डका सदस्यहरू बिरेन्द्र प्रसाद भट्ट, सन्तोष लोहनी र गणेश प्रसाद सुवेदीलाई बधाईसहित कदर पत्र प्रदान गरिएको थियो।

समारोहमा सम्मानित विशिष्ट अभिनेत्री मिथिला शर्माले यस्तो सम्मानले थप उत्साह र प्रेरणा मिल्ने बताइन् भने अग्रज गायिका ज्ञानु राणाले ‘सिरिमा सिरि नि कान्छी’ बोलको गीत गाएर दर्शकलाई मनोरञ्जन दिइन्। कार्यक्रममा मन्तव्य राख्दै मन्त्री बलराम अधिकारीले यस्तो प्रेरणादायी कार्यक्रममा सहभागी हुन पाएकोमा गौरव अनुभूति भएको बताए। प्रतिनिधिसभा सदस्य मनरुपा शर्माले नारी सम्मान कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिइन्।

आयोजक तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठले तीज पर्वलाई नारी सशक्तिकरण र संस्कृतिको संरक्षणसँग जोड्दै कार्यक्रमको उद्देश्य स्पष्ट पारेका थिए। कार्यक्रमको सहजीकरण उपमा सञ्चारका सचिव धिरज कोईरालाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.