काठमाडौं :
कलाकारिताको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल अभिनेत्री तेजुला खतिवडा नेपाल चलचित्र कलाकार संघको केन्द्रिय कोषाध्यक्ष जस्तो जिम्मेवारी पदमा निर्वाचित भएर पदभार गरेलगतै संघको आर्थिक अवस्था सुधारको कार्य र संघको शाखा बिस्तार जस्ता गतिबिधिहरुमा सकृय रुपले लागि पर्नु भएको छ ।
नेपालीहरुको बाक्लो उपस्थिति रहेको देशहरुमा नेपाली चलचित्र प्रदर्शनको पहुँच बिस्तारसंगै नेपाली कलासंस्कृतीलाई माया र संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म नेपाली संस्कृतिको उत्थान, प्रवद्र्धन र प्रचार–प्रसार गर्न हेतु यतिबेला अभिनेत्री खतिवडा स्विजरल्याण्ड पुग्नु भएको छ । उहाँ विशेष गोष्ठी तथा सास्कृतिक आदान प्रदान कार्यक्रमको सिलसिलामा स्विजरल्याण्ड, जर्मन लगायत युरोपका केही देशमा पुग्नुहुने बताइएको छ ।
गायिका सहिमा श्रेष्ठको स्वर र उहाँले अभिनय गर्नु भएको पछिल्लो तीज गीत ‘यस्तै पोइ परोस्’ यतिबेला चर्चामा छ भने उहाँले बिगतमा दर्जनौ म्युजिक भिडियोसंगै द मोष्ट वाण्टेड, जष्ट फर यु, मैले भुल्नै सकिन, जवाफ लगायतका नेपाली चलचित्रहरूमा अभिनय गर्नु भएको छ ।