काठमाडौं :
अमेरिकामा बसोबास गर्दै आएका निर्देशक र्शकर घिमिरेले अभिनेत्री वर्षा राउतसँगको झगडा बाहिर ल्याएका छन्। उनले अमेरिकामा फिल्मको छायांकनका बेला निर्माण टिमसँग झगडा परेपछि फिल्मको छायांकन नै रोकिएको अन्तरवार्तामा बनेका छन्।
हालै प्रकाश सुवेदीको शोमा पुगेका शंकर दम्पतीले त्यतिबेलाको झगडा यतिबेला दर्शकमाझ सुनाएका छन्। अधिकांश दृश्य अमेरिकामा गरिएको यो फिलमको केहि भाग नेपालको चितवनमा गरिएको थियो। सोही क्रममा वर्षाको पार्ट अमेरिकामा नै सकिएको थियो। सोही क्रममा वर्षाको टेक्निकल टिमसँग झगडा परेको उनको भनाई छ।
उनले सुटिङका बेलाको घटना सुनाउँदै भने,‘उहाँको टेक्निकल टिमसँग झगडा पर्दा एक दिन छायांकन नै हुन पाएन । हामीले हरेक ठाउँमा अनुमति लिएर छायांकन गरेका थियौं । त्यहाँ एक दिन ब्रेक हुनु भनेको ठूलो घाटा हो । दिनकै हिसाब गर्ने हो भने ५÷७ हजार डलर खर्च हुन्छ।’
यता शंकरकी श्रीमती तथा अभिनेत्री ऋचा घिमिरेले वर्षालाई आफुले त्यति चिन्न नसकेको र मुडी स्वभावको भएको भनेकी छन्।
उनले त्यतिबेलाको कुरा खोतल्दै भनिन,‘धेरै भागदौड भएकाले अमेरिका सेड्युलमा ऊ (वर्षा)सँग त्यस्तो समय विताउन पाइएन। पर्सनल लेभलमा वर्षा अलिकति मुडी छ । झट्ट रिसाइहाल्ने, झट्ट खुसी भइहाल्ने स्वभाव छ उसको। तर, उसको मनमा पाप छैन जस्तो लाग्छ।’
हलमा प्रदर्शन भइरहेको फिल्मको व्यापार सन्तोषजनक छैन। घरेलु बजारमा लगानी उठाउन धौँ धौँ परेको यो फिल्मका अधिकां शो घटिसकेको छ। पर्सीबाट अर्थात बिहीबार साउथ फिल्म ‘पुष्पा २’ले अधिकांश शो हाउसफुल गरेपछि यो फिल्म हलबाट उत्रने सम्भावना धेरै देखिन्छ। त्यसैले पनि यो फिल्मले लगानी उठाउन सक्ने अवस्थामा छैन।
फिल्ममा विपिन कार्की,वर्षा राउत,पूजा चन्द,ऋचा घिमिरेको मुख्य भुमिका रहेको छ। फिल्मलाई शंकर घिमिरेले नै निर्माण तथा निर्देशन गरेका हुन्।