सुचना, समाचार र मनोरन्जन

‘तेल भिसा’ले १२ वटा हलमा मनायो ५१ औँ दिन,पुष्पा २ प्रदर्शन हुँदा खुम्चिएको थियो शो

काठमाडौं :

शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’ले प्रदशर्नको ५१ औँ दिन मनाएको छ। मंसिर ७ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १२ वटा हलमा ५१ औँ दिन मनाएको हो। अझैँ यो फिल्म हलमा प्रदर्शन भइरहेको छ। यस फिल्मका वितरक करण श्रेष्ठले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत १२ वटा हलमा ५१ औँ दिन मनाएको जानकारी दिए।

फिल्मले प्रदर्शनको ५१ औं दिन मनाउँदै गर्दा यस फिल्मकी प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले विभिन्न बाधा अड्चन छिचोल्दै यहाँसम्म पुग्दै गर्दा साथ दिने सम्पुर्ण दर्शक तथा शुभचिन्तकहरु प्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरेका छन्।

दक्षिण भारतीय सिनेमा पुष्पा २ का कारण न्युन शोमा खुम्चिएको यो फिल्मले दर्शकको साथ पाएपछि पाचौँ हप्तामा पनि ‘तेल भिसा’को शो थपिएको थियो।यस फिल्ममा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन्। निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत,पुजा चन्द,ऋचा घिमिरे, बुद्धि तामाङ,सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ।

Leave A Reply

Your email address will not be published.