Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असार २७ गते शनिबारको राशिफल पढ्नुहोस
- देश–विदेशमा रुचाइएको ‘जिउँदो आकाश’ फेरि मञ्चन हुँदै, अनिल सुब्बा मुख्य आकर्षण
- निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा
- हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त
- बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
- असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी
- अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
- महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
सर्लाहीका डा. शम्भु पोखरेल ‘टेस्ला’ कम्पनीको प्रमुखमा नियुक्त
काठमाडौँ,
विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा शम्भु पोखरेल नियुक्त भएका छन । पूर्व सञ्चारकर्मीसमेत रहेका डा पोखरेल ‘सिइओ क्लब ग्लोबल’मा आबद्ध भई व्यवस्थापन क्षेत्रमा क्रियाशील छन ।
डा पोखरेलले ऊर्जा तथा प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित कम्पनी ‘टेस्ला’ कम्पनीको प्रमुखको जिम्मेवारी नेपाली नागरिकले प्राप्त गर्नु हामी सबैका लागि गौरवको विषय भएको बताए । उनका अनुसार प्राग (चेक गणराज्य) मा अवस्थित टेस्ला समूह युरोपको पुराना तथा प्रतिष्ठित प्रविधिमा आधारित कम्पनीमध्ये एक हो । त्यस कम्पनीले ऊर्जा, अटोमेसन, इलेक्ट्रोनिक्स र औद्योगिक नवप्रवर्तनमा काम गर्दै आएको उनले जानकारी दिए ।
त्यसैगरी, उनी आबद्ध ‘सिइओ क्लब ग्लोबल’ व्यावसायिक हिसाबले अन्तरराष्ट्रिय रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा परिचित छ । डा पोखरेलका अनुसार उक्त कम्पनीले व्यावसायिक नेतृत्व, लगानी, रणनीतिक साझेदारी तथा सार्वजनिक सेयर निष्कासनमा सहजीकरण गर्दै उद्यम विकासमा योगदान पु¥याउँदै आएको छ ।