सुचना, समाचार र मनोरन्जन

संगीतकार थापाको जन्मदिनमा ‘आज मृत्युले मलाई छोएर गयो’

काठमाडौं :

गायक तथा संगीतकार नारायण थापाले आफ्नो जन्मदिनको अवसरमा सिद्धेश्वर मन्दिर परिसर कपन, बुढानिलकण्ठमा बृहत बृक्षारोपण गर्नुका साथै नयाँ गीत सार्वजनिक गरेका छन्। उनले बिबि थापाको शब्द, आफ्नै स्वर, संगीतमा ‘आज मृत्युले मलाई छोएर गयो’ बोलको अडियो सार्वजनिक गरेका हुन्।

Pach Pandav

राष्ट्रिय श्रष्ठा तथा प्रस्तोता प्रतिष्ठान काठमाण्डौको आयोजना तथा आभुषण इन्टरटेनमेन्ट र आभुषण फाउन्डेसन काठमाण्डौको सहकार्यमा कार्यक्रम बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय श्रष्ठा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईको अध्यक्षतामा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख मेयर मिठाराम अधिकारी,राष्ट्रिय श्रष्ठा तथा प्रस्तोता प्रतिष्ठानका महासचिव तथा संगीतकार दिपक शर्मा, कोषाध्यक्ष नारायण थापा, गायक तथा संगितकार योगेन्द्र उपाध्याय, साउण्ड इन्जिनियर मनोज परियार,मोडल प्रतिक्षा काफ्ले, गायक तथा संचारकर्मी प्रमोद डिजी र स्थानियको बृक्षारोपण कार्यक्रममा सहभागीता रहेको थियो।

बृक्षारोपण गर्दा बातावरणमा स्वच्छता आउने र अहिले भईरहेको जल बायुु परिबर्तनमा पनि केही सकारात्मक असर पार्ने भएकाले राष्ट्रिय श्रष्ठा तथा प्रस्तोता प्रतिष्ठानका कोषाध्यक्ष गायक नारायण थापाको संयोजकत्वमा थापाको जन्मदिनको अबसर पारी बृहत बृक्षारोपण कार्यक्रम गरेको राष्ट्रिय श्रष्ठा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले बताए। दिपक शर्माले औपचारिक कार्यक्रम सञ्चालन गर्दा स्थानिय तथा अतिथिहरुले नारायण थापालाई जन्मदिनको शुभकामना दिएका थिए।

Leave A Reply

Your email address will not be published.