सुचना, समाचार र मनोरन्जन

लायन्सको गभर्नर बन्दै थापा, भाइस गभर्नरमा मल्ल र बास्तोलाको उम्मेदवारी

पोखरा :

‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट जे’ नेपाललाई महिला उद्यमी मिलन थापाले नेतृत्व गर्ने भएकी छन् । उनी आगामी लायन वर्षको लागि लायन्सको डिष्ट्रिक्टलाई हाँक्ने भएकी हुन्।

थापासँगै डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरमा मिलनबाबु मल्ल निर्वाचित हुने पक्का पक्की भइसकेको छ। त्यस कारण पनि अहिले मिलन चर्चाको विषय बनेका हुन्। साथै डिष्ट्रिक्टमा सहमतिमा नेतृत्व चयन गर्ने गरी सेकेण्ड भाइस गभर्नरमा पनि सर्वसम्मत भइसकेको छ। सेकेण्ड भाइस गभर्नरमा प्रजापती बास्तोलाले उम्मेदवारी दिएका छन् । उनीहरु तीनै जनाले हालै आयोजित एक कार्यक्रमबीच आगामी नेतृत्वको लागि मनोनयन दर्ता गरेका हुन्।

सेकेण्ड भाइस गभर्नरका उम्मेदवार बास्तोलाको कुरा गर्ने हो भने उनी सन् १०९९ को जनवरीदेखि लायन्समा सक्रिय रहदै आएका छन् । लायन्स क्लब अफ पोखरा चौतारीका पूर्व अध्यक्ष समेत रहेका बास्तोलासँग डिष्ट्रिक्टका विभिन्न जिम्मेवारी बहन गरेको अनुभव छ । पछिल्लो समय उनी लायन वर्षमा डिष्ट्रिक्ट चिफ एडभाइजर भएर काम गर्दै आएका छन् । डिष्ट्रिक्टको कन्भेन्सन आगामी चैत ३ गते पोखरामा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.