सुचना, समाचार र मनोरन्जन

‘जारी’का निर्देशकले सके ३० दिनमै ‘मनसरा’को सुटिङ

काठमाडौं :

पौष २१ गतेबाट सुरु भएको उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘मनसरा’को छायांकन सकिएको छ । फिल्म सुटिङ भएको ३० दिनमा सकिएको हो । निर्माण पक्षले फिल्मको छायांकन ललितपुर र काठमाडौं हँुदै पाँचथरमा सकेको हो।

पाँचथरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको निर्देशक सुब्बाले जानकारी दिए। उनका अनुसार अब यो फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । यस अघि निर्देशक सुब्बाले फिल्म ‘जारी’ निर्देशन गरेका थिए। जुन फिल्म यस वर्षकै सफल बन्न पुगेको थियो। फिल्ममा अभिनेत्री मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिनेछिन् ।

फिल्ममा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी लगायतको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल,पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।

Leave A Reply

Your email address will not be published.