सुचना, समाचार र मनोरन्जन

ढिक्री बनाउन व्यस्त थारू समुदाय

 

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ।

माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन्। त्यस्तै तुलसीपुर– १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ। उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ।

थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन्। सुँगुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ। यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन्।

Pach Pandav

कसरी बनाइन्छ ढिक्री ?

चामलको पीठोबाट ढिक्री बन्छ। पीठोलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ।

खासगरी माघीमा लाम्चो आकार दिए पनि दसैँमा भने गोलो आकारको बनाइन्छ। त्यस्तै तिहारमा चेप्टो, दियो जस्तो बनाइन्छ। त्यसलाई पानीको बाफमा आधा घण्टा जति उसिनेपछि ढिक्री तयार हुन्छ।

खासगरी उसिनेर ढिक्री बनाइने भएकाले त्यसले स्वास्थ्यमा असर गर्दैन। किनकि त्यसमा चिल्लो पनि हुँदैन भने चिनी पनि राखिँदैन। यसरी ढिक्री खाएमा मान्छेको आयु बढ्ने मान्यता रहेको छ।

Leave A Reply

Your email address will not be published.