काठमाडौं/
टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपमा आज भएको खेलमा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा एपीएफले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ ले जित्यो ।
यस्तै पुलिसले थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेडलाई ३–१ को सेटमा हरायो । ट्राभल इन्क्वायरीले पहिलो सेट २५–२३ ले जित्यो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जित्यो ।
गण्डकी प्रदेश टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको पाँचौं संस्करण प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।