सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

गीतकार संघद्धारा क्यान्सरबाट पीडित गीतकार चाम्लिङलाई उपचारार्थ चार लाख सहयोग

काठमाडौं :

IVF Big

एक वर्षदेखि क्यान्सरबाट पीडित बनेका गीतकार टीका चाम्लिङलाई उपचारार्थ खर्च जुट्ने क्रम जारी रहेको छ। उनलाई सोमबार हङकङमा बसोबास गर्दै आइरहेका गीतकार संघ नेपालका सदस्य बज्रकुमार थुलुङ राईको संयोजनमा संकलित ४ लाखभन्दा बढि रकम प्रदान गरिएको छ।
संघका अध्यक्ष बसन्त बित्यासी थापा, महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ र भक्त राईले चाम्लिङको निवास भक्तपुरमा नै पुगेर रकम हस्तान्तरण गरेका हुन्।

हङकङबाट संकलित उक्त रकम सँगै कुल ४ लाख ३५ हजार ७३९ रुपैयाँ प्रदान गरिएको संघले जनाएको छ। तीन दशकदेखि गीत लेखनमा सक्रिय रहेका टीका नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुन् । हेड एण्ड नेकको क्यान्सरबाट पीडित रहेका गीतकार टीकालाई यसअघि पनि संघले २५ हजार रुपैयाँ संस्थागत रुपमा सहयोग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.