सुचना, समाचार र मनोरन्जन

यस्तो बन्यो छक्का पञ्जा ५को गीत ‘बिहे भाको छैन’ (भिडियो सहित)

काठमाडौं :

आगामी असोज २४ गते फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को गीत रिलिज भएको छ। निर्माण टिमले ‘बिहे भाको छैन’गीतको भिडियो ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता दीपकराज गिरी,केदार घिमिरे र अभिनेत्री वर्षा शिवाकोटी नाचेका छन्। गीतले बिहेको नभएको कुरालाई दर्शाउन खोजेको छ।

Chaka Panja

गीतलाई पछिल्लो समयकी चर्चित गायिका बेनिशा पौडेल र सविन सुवेदीले गाएका छन्। गीतलाई दीपक शर्माले संगीत भरेका छन्। गीतको शब्द रचना भने दीपक शर्मा र दीपकराज गिरी दुवैले संयुक्त रुपमा लेखेका छन्।

यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् भने लगानीमा केदार घिमिरे (माग्ने बुढा),निर्मल शर्माले गरेका छन्। फिल्मको कथा,पटकथा तथा संवाद दीपकराज गिरी,केदार घिमिरे र दिलिप तामाङले संयुक्त रुपमा लेखेका छन्।

Leave A Reply

Your email address will not be published.