सुचना, समाचार र मनोरन्जन

ओमप्रतिको ‘मोहर’मा बेनिशा हमालको साइन,को होला हिरो

काठमाडौं :

अभिनेत्री बेनिशा हमालको फिल्म एकपछि अर्को गरी फिल्ममा अनुबन्ध भइरहेकी छन् । उनी शुक्रबार अर्को नयाँ फिल्मका लागि अनुबन्ध भएकी छन्।

Chaka Panja

ओमप्रतीक गुरुङले निर्माण हुन लागेको फिल्म ‘मोहर’मा उनलाई अनुबन्ध गरेका हुन्। उनले पनि फिल्मको कथा तथा पटकथा मन परेर साइन गरेकी छन् । उनीसँगै फिल्ममा पल शाह, अर्जुनजंग शाही र नीति शाह फाइनल भइसकेका छन् । सुमनजंग शाही निर्माता रहेको यो फिल्म आगामी माघ ४ देखि सुदूरपश्चिमबाट सुटिङ हुनेछ ।

‘मोहर’को छायांकनमा जानु अघि बेनिशा फिल्म ‘एक्लो’मा व्यस्त हुनेछिन्। उनी यसैवर्ष ‘कल्ली’ पनि जोडिएकी छन्। यस वर्ष बेनिशाले आफ्नो हिन्दी डेब्यु फिल्म ‘दुर्गम’को छायांकनमा समेत समय दिने बुझिएको छ। उनी नेपालका केहि फिल्मको छायांकनबाट बचेको समयमा उनी भारत जानेछिन्।

Leave A Reply

Your email address will not be published.