सुचना, समाचार र मनोरन्जन

फिल्म रिलिजको मुखैमा ‘बुलाकी’को अर्को गीत रिलिज

काठमाडौं :

कर्णालीको कथा बोकेको फिल्म ‘बुलाकी’ को नयाँ सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन्।

गीतमा बाबुल गिरीको संगीत,करण परियार र अन्नु चौधरीको स्वर सुन्न सकिन्छ भने एरेञ्जको काम धनबहादुर गिरी (बाबुल)कै छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशन रहेको छ।

Chaka Panja

यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त,अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् । शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी,सुशील पोखरेल,रमेश बुढाथोकी,कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ।

फिल्मको लाइन प्रोड्युसरमा शिवराज पौडेल छन्। यो फिल्मलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।

Leave A Reply

Your email address will not be published.