सुचना, समाचार र मनोरन्जन

टाइम म्यागेजिनको उत्कृष्ट गन्तव्य सूचीमा नेपालको सामुदायिक होमस्टे

काठमाडौँ,

नेपालको सामुदायिक होमस्टेलाई विश्वप्रसिद्ध टाइम म्यागेजिनले सन् २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।

नेपालको प्रतिधिनित्व गर्ने सामुदायिक होमस्टेल स्थानीय समुदायसँग पर्यटकलाई जोड्नुका साथै सांस्कृतिक सम्पदा संरक्षणमा पनि योगदान पुर्‍याएको टाइम म्यागेजिनको मूल्यांकन ले बताएको छ ।

नेपालको सामुदायिक होमस्टे सन् २०१२ देखि पनौतीबाट सुरु भएको थियो । पनौतीमा बस्ने एकल महिला मिना कोइरालाले यसको सुरुवात गरेकी थिइन् ।

हाल यो १८ समुदायमा फैलिएको छ र यस मातहत २०० भन्दा बढी होमस्टेहरू सञ्चालित छन् ।

होमस्टेमार्फत् स्थानीय समुदायसँग सिधा सम्पर्कमा आउने पर्यटकहरूले नेपालको दिगो पर्यटन र संस्कृति संरक्षणमा सहयोग पुगिरहेको छ ।

Leave A Reply

Your email address will not be published.