सुचना, समाचार र मनोरन्जन

‘तिमी मलाई भुलिदेउ’ धरानका नवराम राई

धरान :

धरानका पुराना गायक तथा संगीतकार नवराम राईको स्वरमा ‘तिमी मलाई भुली देउ’ बोलको गीतको लिरिकल स्टुडियो भिडियो सार्वजनिक गरिएको छ।

Chaka Panja

भिडियोमा गायक नवराम राईलाई फिचर्ड गरिएको छ। तिमी मलाई भुली देउ बोलको गीतको रचना तथा संगीत कालीङ्गपोङ्गका चर्चित गायक तथा संगीतकार ब्रायन मोक्तानले गरेका छन्। सन् २०११ को अप्रिलमा निधन भैसकेका संगीतकार ब्रायन मोक्तानप्रति समर्पित गरेर गायक नवराम राईले यो भिडियो निकालेका हुन्।

यो गीत उनको एल्बम नमुना मार्फत डेढ दशक अघि नै बजारमा आइसकेको हो। चार दशकअघि धरानको सांगीतिक माहोलमा आफुहरुले धेरै गाइरहने गीत रहेको गायक राईले बताए।

Leave A Reply

Your email address will not be published.