सुचना, समाचार र मनोरन्जन

भदौ ७ गते आइतबार सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात,

२०८३ भदाै ७ गते (२३ अगस्ट २०२६) आइतवार, श्रावण शुक्लपक्ष एकादशी तिथि। मूल नक्षत्र, १८ः३८ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएकाे काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
स्वास्थ्य कमजोर रहे पनि चुनाैतीपूर्ण काममा जुट्नुपर्ला। परिस्थितिले कठोर निर्णय गराउन सक्छ। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। श्रम परे पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। समस्या दर्साउँदा सहयाेगीहरूले साथ दिनेछन्। मिहिनेतकाे उपलब्धि प्राप्त हुनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ। बेसुरकाे निर्णयले समस्या निम्त्याउन सक्छ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। सहयाेगी चयन गर्न राम्ररी साेचविचार गर्नुहाेला। नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। मिहिनेत गर्दा काम सम्पादन हुनेछ। साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा पहिले रोकिएको काम समेत बन्न सक्छ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नुअघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला। व्यापारमा बाधा पुग्नेछ भने अरूका लागि समय खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।
मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

सबैको दिन शुभ रहोस….

Leave A Reply

Your email address will not be published.