
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
- एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए
- बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने
- निजामती कर्मचारीको सरुवा र वृत्ति विकासलाई पारदर्शी बनाउन ‘निजामती सेवा बोर्ड’ गठनको प्रस्ताव
- कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित: मन्त्री चौधरी
- प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
- रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
- ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’
- राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य
- रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन
एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए
काठमाडौँ,
सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा ३० हजार ८५ पर्यटक नेपाल आएका हुन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल भित्रिएका छन् ।
यसबाहेक श्रीलङ्काबाट सात हजार १०८, बङ्गलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानीस्तानबाट आठ पर्यटक नेपाल भित्रिएका छन् ।

अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन् । चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण कोरियाबाट एक हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक नेपाल भित्रिएका हुन् ।
युरोपेली मुलुकबाट १५ हजार १४८, ओसियाना मुलुकबाट पाँच हजार ४२२, अमेरिकी मुलुकबाट १० हजार १०७, मध्यपूर्व क्षेत्रबाट दुई हजार ६०६ र अफ्रिकाबाट चार हजार ५६८ पर्यटक नेपाल भित्रिएका छन् ।
गत वर्षको सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यसवर्ष सेप्टेम्बर महिनामा विदेशी पर्यटकको आवागमन सङ्ख्या बढे पनि गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण उल्लेख्य पर्यटक भित्रिन नसकेको बोर्डले जनाएको छ ।