काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कार्कीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको सो कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।