Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बालमनोविज्ञानको कथा भन्ने फिल्म ‘रोल नं १’ को गीत चर्चामा, विनोद र जुनाको केमेस्ट्री
- ‘घर ज्वाइँ’ फेम्ड निर्देशक अनिलको नयाँ फिल्म ‘मितज्यू’ जेठ ८ मा आउने
- फिल्म ‘मन विनाको धन २’ मा महेश त्रिपाठी अनुबन्धित, पूजा शर्मासँग जोडी बाँधिने
- स्वस्तिमा,आँचल र नीतिदेखि मिस नेपालसम्म : १८ सेलिब्रेटी एउटै र्याम्पमा उत्रिने
- विवाद र आलोचनाका बीच ‘लालीबजार’ हाउसफुल, परिवारसहित हल पुग्दै दर्शक
- फिल्म ‘एक मुठ्ठी बादल’ को प्रिमियरमा बेहुली अवतारमा देखिएकी आँचल शर्मा
- विपीन र केकीको फिल्म ‘काजी’ को ट्रेलर ट्रेन्डिङमा, जेठ ८ गते रिलिज हुने
- भदौ २६ मा आउने भयो रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’
- सिद्धान्त अधिकारीलाई वर्ष उत्कृट प्रशिक्षक अवार्ड
- कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघको अवार्ड
२४ घण्टामा दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा
काठमाडौँ,
२४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १३२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार ७८० जनालाई कारबाही गरिएको हो ।