सुचना, समाचार र मनोरन्जन

त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट

लेखनाथ/
त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा शुक्रबार देखी स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि स्पर्धा गर्नेछन् ।

स्पोर्टस मिटको शुभारंभ गर्दै कलेजका पूर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य बाबुराम गिरीले विद्यार्थीको शैक्षिक गुणस्तर सहित अन्य क्षेत्रमा भएको प्रतिभा मापनका लागि खेल आवश्यक रहेको बताउनु भयो ।

अध्ययनले ज्ञान र बौद्धिक क्षमता बृद्धि भए जस्तै खेलले विद्यार्थीहरुका विचमा रहेको फरक विधा र क्षमताको पहिचान हुने उल्लेख गर्नु भयो ।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले त्रिवेणीमा अध्ययन गरेका विद्यार्थी रोजगारको जुनसुकै क्षेत्रमा पनि अब्बल बन्ने गरी तयारी गर्न आग्रह गर्नु भयो ।
अध्यक्ष भट्टराईले योगले स्मरणशक्तिमा बृद्धि गराउन सहयोग पुर्याए जस्तै खेलले शारिरिक स्वस्थता र स्फुर्ती प्रदान गर्ने उल्लेख गर्नु भयो ।
सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले बार्षिक तालिका अनुसार आयोजना गरिएको स्पोर्टस् मिटमा कलेजका ५ सय विद्यार्थीहरुले सहभागिता जनाउने बताउनु भयो ।

कार्यक्रममा संचारकर्मी नवराज सापकोटा, प्राध्यापक जीवन भण्डारी, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराई लगायतले स्पोर्टस् मिटका बारेमा बोल्नु भएको थियो ।

स्पोर्टस् मिटमा महिला तथा पुरुष एकसय मिटर दौड, भलिबल, सटफुट, बलथ्रु सहितका १४ खेलमा स्पर्धा गराईने सहायक क्याम्पस प्रमुख पौडेलले बताउनु भयो ।
व्यवस्थापन संकाय तर्फ स्नातक र स्नाकोत्तर तहका छ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाउने स्पोर्टस् मिट फागुन २८ गतेसम्म संचालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.