Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बाढीले अभिभावक खोस्यो, शिक्षा खोस्न नदिने संकल्पः १०० बढी बालबालिकाको भविष्यका लागि बतास–डा मनी लाल भौमिक फाउन्डेसन सहकार्य
- किसान परिवारबाट व्यवसाय हुँदै नेतृत्वको यात्रामा कुँवर : ‘पद होइन, निजी क्षेत्र बलियो बनाउने जिम्मेवारी चाहेको हुँ’
- टेम्पल बेल बुटिक रिसोर्टद्वारा बाढी प्रभावितलाई एक लाख भन्दा बढी सहयोग
- त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी
- प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने
- भोटेकोशी बाढीको प्रभावः ‘फेस अफ नेपाल-२०२६’को फिनाले सेप्टेम्बर ६ मा सर्यो
- नेपाल यातायातको सिटमा ‘झिंगे दाउ २’, क्यूआरबाट टिकट काट्न सकिने
- अटिजमको भावुक कथाले हलमा दर्शकका आँखा रसायो, ‘पार्वती’ले समात्यो कमाइको नयाँ लय
- सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार
- उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
काठमाडौँ,
मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ ।
कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि सङ्घले व्यवस्था मिलाइएको जानकारी दिए ।
“कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौँ”, उनले भने।
सङ्घले अप्ठ्यारोमा पर्नुभएका यात्रुलाई सङ्घमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।