सुनिता शर्मा/ पोखरा,
विश्वप्रसिद्ध मोटरसाईकल ब्राण्ड ट्रायम्फले पोखराममा नयाँ सोरुम संचालनमा ल्याएको छ । पोखराको नयाँबजारमा सोरुम संचालनमा आएको हो । कम्पनीले ट्रायम्फ स्पीड ४ सय एक्स स्क्रयाम्बलर र स्क्रयाम्बलर ४ सय एक्स गरी दुई मोडलका मोटरसाईकल विक्रि शुभारम्भ गरेको कम्पनीका अध्यक्ष ईच्छामान बुद्धचार्यले जानकारी दिए । नेपाली बजारमा मोटरसाईकल (ट्रायम्फ स्पीड ४ सयको मुल्य रु ६ लाख ४१ हजार ४९ हजार ९ सय रुपैयाँ र स्क्रयाम्बलर ४ सय एक्सको मुल्य ६ लाख ९९ सय हजार ९ सय रुपैयाँ रहेको छ ।

सोरुमका आधिकारीक डिलरको रुपमा ईच्छाशक्ति अटोमोबाईल्स प्रा.लि रहेको छ । गत जेठ ३१ गतेदेखि संचालनमा आएको मोटरसाइकल सोरुमबाट एक दिनमै ५० वटा मोटरसाईकल डेलिभरी भएका थिए । परिचयसंगको कुराकानीमा ईच्छाशक्रि अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आधोषमान बुद्धचार्य सोरुम संचालनको सुरुवाती दिनहरुमा नै ग्रहाकहरुको उत्साहजनक प्रतिक्रियाले आफुहरुमा हौसला थपिएको बताएका छन । साथै उनले ग्रहाकहरुले देखाएको विश्वासलाई भविष्यमा थप बलियो बनाउँदै पोखरामै अन्तराष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको बताएका छन ।

ट्रायम्प एक मोटरसाईकल मात्र नभएर आम नेपालीको हालको आवस्यकता, निर्भरता, अखण्डता र विश्वासको प्रतिक भएको ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बताए । थापाले ग्रहाकहरुसंगको सम्वन्भ दिर्घकालिन बनाउन कम्पनी प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका छन ।

पोखरामा संचालनमा आएको सोरुमबाट प्रशिक्षित जनशक्ति तथा अन्तराष्ट्रिय स्तरको उपलब्ध गराएको छ । कम्पनीले आफ्नो आउटलेटलाई सेल्स विक्रि,सर्भिस र स्पेयर पार्टस सहितको पूर्ण थ्री.एस सेवा प्रदान गर्दै आएको छ । उक्त सोरुमबाट पोखरा तथा आसपासका ट्रायम्फप्रेमीहरुलाई उच्चस्तरीय मोटरसाईकलको भरपर्दो र ओरिजिनल पार्टस सहज रुपमा उपलब्ध गराउने कम्पनीको दावी छ ।
