Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- डली गुरुङ बनिन् ‘पाँचौँ मिसेस नेपाल युनिभर्स’, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने
- ‘चमेलीको पोइ’ खोज्दै नारायण त्रिपाठी र विल्सन
- वरिष्ठ कलाकार निर शाहको निर्देशनमा चलचित्र ‘प्रिन्स’ बन्ने, संगीत रेकर्डिङ तीव्र
- ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
- ‘गौँथली’ हेर्ने दर्शकले भिडियो खिचेर फेसबुकमा नहालिदिन निर्देशकको बिन्ती
- नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्ल
- ‘एक्का तीन’मा पूजा,पुष्पपछि कविता नेपालीको इन्ट्री,पुष्पको बन्ने हो जोडी?
- अग्रिम पेन्सन लिनेले पछि तलब बढेको आधारमा थप सुविधा नपाउने
- तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
- शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
काठमाडौँ,
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’को समय बढाइएको जानकारी दिनुभयो । यसअघि सात मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उहाँले बताउनुभयो ।
“परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एण्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौँ, यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ”, उहाँले भन्नुभयो ।
Prev Post