सुचना, समाचार र मनोरन्जन

शैक्षिक क्यालेन्डर अनुरुप मात्रै स्नातकमा विद्यार्थी भर्ना लिन त्रिविको निर्देशन

काठमाडौं/

त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर विपरीत स्नातकमा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्क केसीले डिन कार्यालयहरूलाई समय सकिएपछि विद्यार्थी भर्ना नगर्न दिर्नेशन दिएका हुन् ।

sfal

‘शैक्षिक क्यालेन्डर बमोजिम तोकिएको समयमा भर्ना भएका विद्यार्थीको मात्र परीक्षामा संलग्न हुन पाउने क्यालेन्डरमा समेत व्यवस्था रहेकोले भर्नाका लागि तोकिएको मितिभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्ने बुझिन आएकोले शैक्षिक क्यालेन्डर र भर्नासम्बन्धी सूचनामा उल्लेखित मितिभन्दा बाहिर गई कुनै पनि विद्यार्थी भर्ना नगर्न नगराउनु हुन सम्बन्धित क्याम्पसलाई सूचित गराउनु हुन अनुरोध छ,’ निर्देशनमा उल्लेख छ ।

त्रिविमा धेरैजसो विद्यार्थी भर्ना नहुने तर कक्षामा सहभागी हुने गरेको पाइन्छ । रजिस्ट्रेसन फारम खुलेपछि मात्र विद्यार्थी भर्ना हुने गरेका छन् ।

शिक्षाध्यक्ष केसीको निर्देशनसँगै भर्ना नभएका तर कक्षामा सहभागी भइरहेका विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

Leave A Reply

Your email address will not be published.