Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’
- गण्डकी दर्ताविहीन राइड सेयरिङमाथि कारबाही हुने भएपछि कम्पनी दर्ता प्रक्रियामा आउन थाले
- जि.प्र.का कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत थप ३३ मोटरसाइकल नियन्त्रणमा
- वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
- स्वकीय सचिव नियुक्तिमा पार्टीको अन्तिम स्वीकृति अनिवार्य
- नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
- करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
- घट्यो सुनचाँदीको मूल्य!
- सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै
- पोउवा संघको अध्यक्षमा बलराम आचार्यको उम्मेदवारी घोषणा
सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै
चितवन,
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ । प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ । निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलमा ल्याई सकेको छ ।
घिमिरेका अनुसार दैनिक दुईरतीन घण्टा सडक रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरु झार्न सकिने अनुमान छ । दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सोही समय सवारी रोक्नका लागि प्रशासनसँग आग्रह गरिने उहाँले जानकारी दिनुभयो । यो सडक राजधानीको ‘लाइफलाइन’ हो । दैनिक १० हजार हाराहारी सवारीसाधन यही सडक हुँदै गुड्ने गर्दछन् ।
बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आडको नारायणगढतर्फको भित्तो र नाम्सिको मुग्लिन पट्टीको ढिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि रु २२ करोड २१ लाखमा ठेक्का सम्झौता गरेको छ । अबको १० महिनामा दुवै ठाउँको काम सक्नुपर्ने छ ।
पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरु तल झार्नु पर्नेछ । त्यसपछि भित्तोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ । यसलाई ‘नेलिङ’ भनिन्छ । दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिममा रहेको तुइन खोलामा गत वर्षको असोज ३ र ७ गते पहिरो खस्दा एक सय घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइ छ । नम्सिको मुग्लिन पट्टीको ढिस्को ६० मिटर अग्लो र १०० मिटर लम्बाइ रहेको छ । केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा तुइन खोलामा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो ।
सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जुनसुकैबेला पहिरो खस्नसक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरु राखिएको छ । मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनि एक्साभेटर राखिएको छ ।
Next Post