सुचना, समाचार र मनोरन्जन

‘पोखराको पर्यटन विकासमा ब्राण्ड मार्केटिङको आवश्यकता’

पोखराको ब्राण्ड मार्केटिङमा केन्द्र सरकारको भन्दा पनि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । पोखराका मेयर आफै पनि व्यवसायिक पृष्ठभूमीबाट नै आएको व्यक्तित्व भएकाले उहाँले चाहनुभयो भने पोखराको मार्केटिङका लागि अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सकिने उनले उल्लेख गरे ।

सन्तोष बस्याल,पोखरा ।

पोखरा शहर प्राकृतिक सुन्दरताले भरिएको छ । यहाँको भौगोलिक बनोटले पर्यटक लालयित छन् । तालतालैको शहरका रुपमा परिचित पोखराको आफ्नै विशेषता छ । यहाँको धार्मिक, सांस्कृतिक, सामाजिक अवस्थाले समेत पोखराको सुन्दरतालाई बढ्वा दिएको छ । पर्यटकको आर्कषणका लागि दिन प्रतिदिन नयाँ नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा समेत पोखरा लागिरहेको देखिन्छ ।

प्राकृतिक सौन्दर्यताले घेरिएको पोखराको मार्केटिङ भने अझ प्रभावकारी हुन सकेको छैन । पोखरालाई मार्केटिङमा ब्राण्ड बनाउन सकिरहेका छैनौ । वार्षिक रुपमा गरिने स्ट्रीट फेस्टिबलले मात्र पोखराको प्रचारप्रसारलाई माथि उठाउन सक्दैन । मार्केटिङ गर्ने तौरतरिकामा नै भिन्नता हुनुपर्ने आवश्यकता छ ।

हरेक क्रियाकलापका लागि सुरुदेखि नै अन्त्यसम्म मार्केटिङको सक्त आवश्यकता पर्दछ । कुनै पनि व्यवसायसँग सम्बन्धित कुनै पनि व्यक्तिले आफ्नो व्यवसायलाई माथि उठाउन बिना मार्केटिङ सम्भव छैन । उदाहरणका लागि खाना बनाउने काम मार्केटिङ हो खाने काम सेल्स हो । मार्केटिङ बिना सेल्स सम्भव छैन ।

त्यसैले पर्यटकीय शहर पोखराका लागि अहिले सम्म हामीले गरेका मार्केटिङले मात्र यहाँको पर्यटकीय क्षेत्रमा सुधार हुन्छ भन्नु गलत हुन्छ । नयाँ नयाँ प्रविधिको विकासक्रमसँगै यहाँको मार्केटिङ व्यवस्थामा पनि परिवर्तन आउन जरुरी छ । पोखरामा थुप्रै अन्तर्राष्ट्रिय स्तरका मान्छेहरु आउँछन् । ति व्यक्तिहरुलाई यस्तो महशुस होस् कि पोखराबाट फर्केर जाँदा पर्यटकहरु नै हाम्रो अघोषित ब्राण्ड एम्बेस्डरका रुपमा परिचित बनुन् ।

तुलसी धरेल खासगरी चितवनका हुन् । क्यानडा गएको २५ वर्ष पुग्यो । त्यहाँ उनले मार्केटिङ विषय पढाउने गरेका छन् । वर्षेनी नेपाल आउने जाने हुन्छ । नेपाल आउँदा धरेल यहाँका ठूला शहरको ब्राण्डिङ अन्तर्राष्ट्रिय स्तरमा नै कसरी गर्न सकिन्छ भन्ने विषयमा काउन्सिल गर्दै आएका छन् । आफुले घुमेका विदेशका ठूला शहरका अनुभवहरु साट्ने गरेका छन् ।

सोहि क्रममा यसपालीको नेपाल बसाईमा उनको रोजाईमा पर्यो पोखरा । आखिर पोखरालाई मार्केटिङकको दृष्टिकोणबाट कसरी अन्तर्राष्ट्रिय स्तरमा नै ब्राण्डिङ गर्न सकिन्छ त ? भन्ने विषयका बारेमा उनकै पहलमा पोखराका पर्यटन क्षेत्रमा काम गर्ने सम्बन्ध संस्था र व्यवसायीहरुको सहभागितामा कार्यशाला समेत सम्पन्न भएको छ ।

धरेल भन्छन्, ‘पोखराको मार्केटिङका लागि जति गर्नुपर्ने हो हामीले गरेका छैनौं । संसारका धेरै पर्यटकीय शहरहरुमा म घुमेको छु । होटल मात्रै राम्रो भएर भएन छेउछेउका अरु चीज पनि राम्रो हुनुपर्यो । फेवाताललाई नै आकर्षण गराउन सकिन्छ । यहाँको प्राकृतिक सौन्दर्यतलाई बेच्न सकिरहेका छैनौं । कारण हो प्रचारप्रसार फितलो ।’

तुलसी धरेल

उसो त नेपाल धेरै एडभान्स हुँदैछ । डिजिटल मार्केटिङको जमाना सुरु भएको छ । मार्केटिङ ट्रेन्डहरु पनि परिवर्तन भएको छ । पहिलेको जस्तो छैन मार्केटिङ । सपिङ नै अनलाइनमा गर्न सकिन्छ । जसलाई आत्मसात् गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ब्राण्ड पोखराका लागि सबै मिलेर काम गर्न आवश्यक रहेको धरेल बताउँछन् । पोखराको पहिचानका लागि देशको नाम लिनु नपर्ने गरी अगाडि बढाउन सकिने धारणा उनको छ । ब्राण्ड पोखराका लागि पूर्वाधारको विकास गरी प्रचारप्रसारमा ख्याल गर्नुपर्ने उनले बताए ।

खासगरी पोखरा सिमेन्टका जंगलले भरिएको छ । यहाँ निर्माण भएका घरहरुमा कलात्मकता देखिदैन । पोखराको पहिचान झल्काउने कलात्मकता घरहरुमा पनि देखिन आवश्यक छ । धरेल भन्छन्, ‘पोखरामा बन्ने होटलहरुमा कलात्मक झल्किनुपर्यो । मौलिकता आवश्यक छ । विदेशमा भएजस्तो संरचना निर्माणले यहाँको मौलिकतालाई झल्काउँदैन ।’

प्राकृतिक नेपालको अवधारणालाई मार्केटिङ नै गर्न नसकेको उनी पाउँछन् । पोखराको प्राकृतिक मनोरम दृश्यलाई नै मार्केटिङ गर्न सकेमा फाइदा लिन सकिने भनाई उनको छ ।

पोखराको ब्राण्ड मार्केटिङमा केन्द्र सरकारको भन्दा पनि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । पोखराका मेयर आफै पनि व्यवसायिक पृष्ठभूमीबाट नै आएको व्यक्तित्व भएकाले उहाँले चाहनुभयो भने पोखराको मार्केटिङका लागि अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सकिने उनले उल्लेख गरे ।

लेकसाइडका होटलहरुले मात्रै कमाएर हुँदैन छेउछाउमा भएका अन्य पसलमा समेत आम्दानी हुन आवश्यक रहेको भनाई उनको छ । सबै मिलेर फाइदा लियो भने नै ब्राण्डिङ हुने हो । ब्राण्ड पोखराको प्रचारप्रसारका लागि अन्तर्राष्ट्रिय स्तरका ठूला शहरमा डेलिकेसन नै जानुपर्छ । बेइजिङ शहरमा हेलिकप्टरमा नै ब्राण्ड पोखरा लेखर ब्यानर उडाउन पाइन्छ । त्यस्तो क्रियाकलापले पोखराको मार्केटिङमा टेवा पुग्ने धरेल बताउँछन् ।

नेप्लीज मार्केटिङ एशोसियसनको स्थापना गरी कार्यक्रम गर्दै आएका धरेलका अनुसार क्यानडा हरेक जात, रङ, धर्म, वर्ण भएका मानिसका लागि उत्कृष्ट देश हो । जहाँ मल्टीकल्चरलाई एसेप्ट गरिन्छ । हरेक समुदायका मान्छेले क्यानडामा आ—आफ्नो क्लचर निर्वाध रुपमा मनाउन पाउने उनले बताए । आफ्नो संस्कार संस्कृति मनाउन त्यहाँ भेदभाव नहुने भनाई उनको छ ।

Leave A Reply

Your email address will not be published.