सुचना, समाचार र मनोरन्जन
IVF New Banner

दुबईमा शुभकामना साँझ गर्दै संयोजक पुरी

काठमाडौं :

संयोजक राजेन्द्र पुरीले २०८१ बैशाख १ गते युएई वर दुबईमा नयाँ साल साँझ कार्यक्रम गर्दै छन्। स्कुले जीवनबाट नै गीतसंगीतमा रुचि राख्ने राजेन्द्र पुरीले २०६९ सालबाट स्वदेश, बिदेशमा हुने ठुला, ठुला कार्यक्रमहरुको आयोजना गर्दै दर्जनौं लोकप्रिय कलाकारहरुलाई आफ्नो कार्यक्रममा सहभागिता गराईसकेका छन्।

Safal

२०७० देखि मलेशिया लगायत नेपालमा हुने विभिन्न साँस्कृतिक कार्यक्रम आयोजनामा सकृय सहभागिता जनाउँदै आएका राजेन्द्र पुरीको संयोजनमा हालै रोयल मुभिज प्रालि र सिन्धुपाल्चोक सेवा समाज युएई दुबईको संयुक्त आयोजना रहेको पाँचौं ज्योति फिल्म म्यूजिक अवार्ड २०८० सम्पन्न भएको छ । पुरीकै संयोजकत्वमा चाडै नै जापानमा भव्य अवार्ड तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । केही समय पहिले पुरीको सकृयतामा दोस्रो अन्तर्राष्ट्रिय प्रियसी सिल्भर म्युजिक अवार्ड थाइल्याण्ड, सिंगापुर, मलेशियामा भव्यरुपमा आयोजना गरि झण्डै ३० जना कलाकर्मीलाई बिभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो।

IVF Post

निकट भविष्य हुन गैरहेको तेश्रो सिल्वर इन्टरनेशनल म्युजिक अवार्ड २०२४ ‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को तयारीमा ब्यस्त रहेका पुरीका अनुसार राष्ट्रिय स्तरका कलाकारलाई थाइल्याण्ड, सिंगापुर र मलेशियामा उपस्थित गराएर सम्मान तथा अवार्ड प्रदान गरिने छ । कार्यक्रम संयोजक पुरी भन्छन्ः ‘यस्तो कार्यक्रम गर्नु आफैमा गहन विषय हो भने सहि ब्यक्तित्वलाई निश्पक्ष ढंगले विवाद रहित सम्मान वितरण गर्नु पनि कार्यक्रम संयोजकको महत्वपूर्ण भूमिका रहन्छ ।’

गएको ७ महिनामा चार देशमा भब्यरुपमा चारवटा अवार्ड कार्यक्रम सम्पन्न गरि झण्डै १२० जना भन्दा बढी कलाकार, पत्रकार, समाजसेवी, ब्यावसायीलाई सम्मान गरिसकेका गीतकार समेत रहेका राजेन्द्र पुरीले अहिले २०८१ का लागि दुबईमा बैशाख १ गते नयाँ बर्ष साझ तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गर्ने भएको छ ।

राष्ट्रिय लोक साँस्कृतिक संघव्दारा आयोजना हुन लागिको कार्यक्रममा दुबईको वर दुवई होटेल ब्लु प्यालेस रेष्टुरेन्टमा संपन्न हुने संयोजक पुरीले बताएका छन् भने आगामी कार्यक्रम जेष्ठमा हुने दोस्रो जय प्राप्ति म्युजिक अवार्ड र असोजमा हुने पाँचौ एपिक नेपाल म्युजिक अवार्ड कार्यक्रम व्यवस्थापनको जिम्मेवारी कार्यक्रम संयोजक राजेन्द्र पुरीले पाएका छन् । उनका अनुसार कार्यक्रमबाट बचेको केही रकम सवारी दुर्घट्नामा पर्नु भएका नरेन्द्र गिरी ‘नवीन’ लाई उचार्थ सयोग गर्ने छ । सवारी दुर्घट्नामा पर्नु भएका नरेन्द्र गिरी ‘नवीन’ लाई उपचार्थसयोग गर्ने छ ।

Leave A Reply

Your email address will not be published.