सुचना, समाचार र मनोरन्जन

बाजुराको भीरमा अड्किएका ८ जनाको उद्धार

बाजुरा/

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर ज्यान गुमाएकाको उद्धारका लागि गएका आठ जनाको उद्धार भएको छ ।

हिजो दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा स्वामीकार्तिक–२ फयाल गाउँका पुसे भण्डारीको भीरबाट लडेर ज्यान गएको थियो । भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका त्यही गाउँका आठ जना स्थानीयवासीसहित सुरक्षाकर्मी रातभर भीरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएका र र्‍याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भीरमा अड्किएकाहरूको आज बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्‍याफ्टिङ ल्याएर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.