Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘तीन तिघ्रे क्या बिग्रे’ मा प्रभात लामाको डेब्यू: पशुपति शर्मा र पारितोषिकाको पनि मुख्य भूमिका
- ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित
- ‘गौँथली’ ट्रेलर हेरेपछि दर्शक भन्छन्- ‘गौँथली’ ले हलमा आँसुको भेल बगाउने पक्का
- भदौ १२ मा आउने फिल्म ‘पार्वती’ को डबिङ सकिन्, उत्साहित छिन् निर्देशक नीता
- तुइन खोलामा पहिरो रोकथाम सुरु
- मुटु उपचार सेवाको थप विकास र विस्तार आवश्यक
- किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा
- विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजलाई नयाँ मापदण्ड, अनुमति खारेजसम्मको व्यवस्था
- गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
- मुख्यसचिवमा कार्की नियुक्त
प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस
तनहुँ,
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी ९एमाले० तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ । तनहुँ क्षेत्र नम्बर १ र २ को क्षेत्रीय कमिटीको बैठकले १९ जना उम्मेदवार सिफारिस गरेको हो ।
नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कँडेलले क्षेत्र नम्बर १ मा आठ र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार सिफारिस भएको जानकारी दिए । क्षेत्र नम्बर १ मा भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, पूर्णबहादुर गुरुङ, अनिल पाण्डे, प्रेमबहादुर राना, रामबहादुर गुरुङ, शोभा गुरुङ र मोहन सुनार सिफारिस भएका छन।
क्षेत्र नम्बर २ मा केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्ना देवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र तथा नरेन्द्र वाग्लेलाई सिफारिस गरिएको छ ।
Next Post