
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
- भोटेकोशी बाढीः कास्कीबाट पौने तीन करोड बढी सहयोग
- शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन
- कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
- ‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’
- मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
- बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्योः जनस्वास्थ्य कार्यालय
- अस्करमा छनोट ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) : हात्तीको कथामा मानिसभित्रको ‘जंगल’
- मनोज गुरुङ पर्वतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
- कास्की-१ बाट महाधिवेशन प्रतिनिधिमा इ. सागर मोहन भट्टराईको उम्मेदवारी
पोउवा संघको चुनावः स्वतन्त्र सदस्यका ८ उम्मेदवारहरुलाई व्यवसायीले भने ‘यो समुहले संघलाई सबल बनाउने आशा
पोखरा :
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूको घरदैलो कार्यक्रममा व्यवसायी भने ‘व्यावसायिक हकहित, कर तथा पिरमर्काका सवै विषय बुजेको यो सदस्यको समुहबाट संघलाई अझै सबल बनाउन सक्ने आशा पलाएको बताएका छन्।

कुनै पनि अध्यक्षको प्यानलमा नबसी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका कार्यसमिति सदस्यका उम्मेदवारहरू अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल,नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारीले चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रम काँहुखोला,माटेपानी,रानीपौवा, नदीपुर,चाउथे,बिराैटा,छोरेपाटन लगायतका क्षेत्रमा गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदाता व्यवसायीहरूले प्यानलरहित स्वतन्त्र उम्मेदवारी दिउकोमा स्वागत गरेका छन्। आठै जना सदस्यका उम्मेदवारहरूले व्यावसायिहरूको वास्तविक समस्याहरू सम्वन्धित ठाउँमा लाने यो समूह रहेकोले आफुहरूलाई मतदान गरि विजयी बनाउन मतदातासमक्ष अनुरोध गरेका छन्।