सुचना, समाचार र मनोरन्जन

युनिस्टार एजुकेशन दशौं वर्षमा: पोखरा वृद्धाश्रममा रासन तथा खाद्यान्न वितरण

पोखरा,

युनिस्टार एजुकेशन प्रा.लि. पोखराले दश वर्ष पुरा गरेको अवसरमा पोखरा वृद्धाश्रममा रासन तथा खाद्यान्न वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा, सितापाइला, पोखरा १७ मा अवस्थित वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई लक्षित गरि खाद्यान्न वितरण गरिएको संस्थाका प्रमुख सन्तोष शाहीले जानकारी गराउनु भयो ।

पोखराको सिद्धार्थचोकमा वि.सं २०७३ साल भाद्र महिनामा स्थापना भएको यस संस्थालेAustralia, USA, UK, Canada, New Zealand लगायतका देशहरुमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै तयारी कक्षाहरु (IELTS, PTE, TOEFL) अध्ययन गराउँदै आइरहेको छ । युनिस्टार एजुकेशन नेपाल शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श तथा भाषा प्रमाणीकरण शाखा बाट मान्यता प्राप्त संस्थाहरु मèये एक हो । साथै नेपाल शैक्षिक परामर्श संघ (ECAN) को सदस्य संस्था पनि हो । यस संस्थामा अनुभवि र तालिम प्राप्त परामर्श दाताहरु बाट शैक्षिक परामर्श र ब्रिटिस काउन्सिल र पिअरसन पिटिइ बाट तालिम प्राप्त बाट  IELTS, PTE, TOEFL कक्षाहरु पढाइने गरिन्छ ।

विभिन्न देशका कलेज तथा विश्वविद्यालयको आधिकारिक प्रतिनिधि हो । विगत १० वर्ष देखी हजारौैं विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिएको । शैक्षिक परामर्श दिने क्रममा सधैं विद्यार्थीको हित हुने गरि कोर्स तथा विश्वविद्यालय छनौटमा सहयोग गर्दै आइरहेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले (IELTS, PTE, TOEFL) कक्षाहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।

आगामी दिनमा अन्तराष्टिय शिक्षालाई नेपाली विद्यार्थीहरुको पहुचमा ल्याउनको लागि आफ्ना सेवाहरुलाई अझ प्रभावकारी र विश्वाशिलो बनाउने योजना रहेको छ । नेपाल
सरकारले तोकेको मापदण्ड पुरा गरि आफ्ना सेवाहरु विस्तार गर्दै विद्यार्थी तथा अभिभावकहरुको मन जित्ने लक्ष्य लिएको छ ।

Leave A Reply

Your email address will not be published.