सुचना, समाचार र मनोरन्जन

फिल्म ‘उनको स्वीटर’को छायांकन गर्दा गर्दै प्रेसर बढेपछि…..

काठमाडौं :

फिल्म ‘उनको स्वीटर’को छायांकनमा पुगेको अभिनेता विपिन कार्की विरामी परेपछि अस्पताल भर्ना भएका छन्। यो फिल्मको छायांकन पाँचथरको साधुटार पुगेको विपिनको ब्लड प्रेसर हाई भएपछि उनलाई काठमाडौं ल्याइएको हो।

Chaka Panja

फिल्मका निर्देशक नबिन चौहानले पनि विपिनको प्रेसर हाई भएपछि काठमाडौं ल्याइएको जानकारी दिए। विपिन कार्कीको उपचारका लागि अब कति समय लाग्छ पक्का यकिन नभएपछि उनको सिन बाहेक अन्यको छायांकन सक्ने निर्माण पक्षको तयारी छ।

यो फिल्ममा विपिनको जोडीको रुपमा अभिनेता मिरुना मगरले काम गरिरहेकी छिन् । फिल्मको छायांकन ३ साता अगाडि सुरु भएको हो । विपिनले केहि दिन अघि अमेरिकामा फिल्म ‘तेल भिसा’को छायांकन सकेर फर्किएका हुन्।

Leave A Reply

Your email address will not be published.