सुचना, समाचार र मनोरन्जन

‘ऊनको स्वीटर’ र ‘जार’को व्यापारले मार्यो छलाङ,२ दिनमा कति गर्यो व्यापार?

काठमाडौं :

नयाँ वर्ष लागेसँगै सुस्ताएको नेपाली फिल्मको बजार हरियो परियो हुन थालेको छ। शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ऊनको स्विटर’ र ‘जार’ले निराशा बजारलाई फर्काएको छ।

विपिन कार्की अभिनित फिल्म ‘ऊनको स्वीटर’शुक्रबार र शनिबार सुखद१ करोड ७० लाखभन्दा माथीको ग्रस कलेक्शन गरेको छ।

चलचित्र विकास बोर्डको बक्स अफिस डाटामा उपलब्ध भएको रिपोर्ट अनुसार ऊनको स्वीटरले १ करोड ७३ लाख रहेको छ भने ‘जार’को पनि राम्रै छ।
नविन चौहानको निर्देशनमा तयार भएको यो फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ।

शनिबार देशभरका हलमा दर्शकको उच्च चाप देखियो । जसका कारण, डेब्यू निर्देशन रहेको फिल्ममा नै नविन चौहान सफल देखिएका छन् । साथमा, यो फिल्मको व्यापारमा सुजन चापागाँई र झुमा लिम्बुको गीतले ठूलो सहयोग गरेको छ।

शुक्रबारदेखि नै रिलिजमा आएको फिल्म ‘जार’ले बक्स अफिसमा पनि राम्रै देखिएको छ। यसमा सौगात मल्ल, अनुप विक्रम शाही, गीताञ्जली थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। यसमा इन्द्रबहादुर राइले लेखेको कथा ‘जार’लाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन्।

Leave A Reply

Your email address will not be published.